१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार १२:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जसपा आधिकारिकता विवाद : उपेन्द्र-बाबुराम पक्षमा बहुमत सदस्यको हस्ताक्षर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १२:३२:oo

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षमा बहुमत पुगेको छ। आज निर्वाचन आयोगले आधिकारिकता विवाद टुंगो लगाउन साबिकको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि आयोगमा बोलाएको थियो।

आयोगमा उपेन्द्र-बाबुराम पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यले हस्ताक्षर गरिसकेका छन्। जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ।

ad
ad