मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
एजेन्सी
Invalid date format ११:३१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

विश्वभर कोरोनाबाट मर्नेको संख्या घटे पनि संक्रमणको जोखिम कायमै

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
Invalid date format ११:३१:oo

भारतमा पछिल्लो २४ घन्टामा ४१ हजार तीन सय ८१ कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्। बुधबार १७ लाख १८ हजार चार सय ३९ नमुना परीक्षण गर्दा ४१ हजार तीन सय ८१ नमुना कोरोना पजिटिभ भेटिएको हो। सो अवधिमा ५०७ संक्रमितको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

जुलाई २१ सम्मको तथ्यांकअनुसार भारतमा हालसम्म ४५ करोड नाै लाख ११ हजार सात सय १२ नमुना परीक्षण गरिएको छ भने कोरोना संक्रमणका कारण चार लाख १८ हजार नाै सय ८७ संक्रमितको मृत्यु भएको सरकारी आँकडा छ। पछिल्ला केही सातायता भारतमा कोरोना संक्रमितको संख्या तुलनात्मक रूपमा कम भए पनि समग्र विश्वमा भने संक्रमितको संख्या बढेको पाइएको छ।

यसअघिका साताहरूमा भन्दा पछिल्लो एक हप्तामा विश्वमा १२ प्रतिशत (३४ लाख)ले कोरोना संक्रमितको संख्या बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यद्यपि, संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा भने कमी आइरहेको पाइएको छ। पछिल्ला साताहरूको तुलनामा गत हप्ता मृतकको संख्या ५७ हजारले घटेको छ।