मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण ६ बुधबार
  • Wednesday, 17 September, 2025
२o७८ श्रावण ६ बुधबार १२:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चित्रकलाका शिखरपुरुष उत्तम नेपालीको निधन    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण ६ बुधबार १२:o७:oo

नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखरपुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ। काठमाडौं किलागल टोलमा वि.सं. १९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्मी नेपालीको मुटुसम्बन्धी समस्याको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टरमा निधन भएको हो।     
     
किलागलमा पिता विष्णुप्रसाद कर्माचार्य र माता रत्नदेवीका कोखबाट जन्मिएका नेपालीसँग निजामती सेवाको पनि लामो अनुभव थियो। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य नेपालीले चौधपटकभन्दा बढी एकल चित्रकला प्रदर्शनी गरेका थिए।
     
साहित्यकार नेपालीका लेख, रचना र कविता पहिलोपटक वि.सं. २०२१ मा मधुपर्कमा प्रकाशित भएको थियो। उनको ‘विनाशीर्षक’ कवितासङ्ग्रह २०६१ सालमा प्रकाशन भएको छ। 

कवि र साहित्यकारको मुहारचित्र बनाई प्रदर्शन गरेका उनी राष्ट्रिय प्रतिभा पुरस्कार २०५४ र सुप्रबल जनसेवा श्री तृतीय पदकबाट सम्मानित भएका थिए। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्। रासस