मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार २७ आइतबार ०७:५८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अर्जेन्टिनाले जित्यो कोपा अमेरिका : मेसीलाई सिनियर राष्ट्रिय टोलीबाट पहिलो उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार २७ आइतबार ०७:५८:००

अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा साबिक विजेता तथा आयोजक ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । 

यो लियोनल मेसीका लागि अर्जेन्टिनी सिनियर राष्ट्रिय टोलीबाट पहिलो उपाधिसमेत हो । यसअघि सन् २०१४ को विश्वकप तथा सन् २०१५ र ०१६ को कोपा अमेरिकामा अर्जेन्टिनालाई फाइनलमा पुर्‍याएका मेसी उपाधिबाट चुकेका थिए । 

आफ्नो खेलजीवनको उत्तरार्द्धतर्फ पुगेका मेसीका लागि यो उपाधि अर्थपूर्ण छ । क्लब फुटबलमा धेरै कीर्तिमान आफ्नो नाममा बनाएका उनले आफ्नो खेलजीवनमा राष्ट्रिय टोलीबाट मात्रै उपाधि जित्न सकेका थिएनन् ।  ब्राजिलको माराकाना स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई यो महत्वपूर्ण जित दिलाउन खेलको पहिलो हाफमा एञ्जेल डी मारियाले गरेको एक मात्र गोल पर्याप्त बन्यो । 

काउन्टर एट्याकमा प्राप्त बललाई डी मारियाले खेलको २२औँ मिनेटमा गोल गरेका थिए । रोड्रिगो पलले ब्राजिलका रक्षकसमेत बिट हुने गरी दिएको बललाई चिप गर्दै डी मारियाले गोल गरेका थिए । खेलको त्यसपछिको समयमा दुवै टोलीबाट गोल नभएपछि अर्जेन्टिनालाई उपाधि दिलाउन डी मारियाको त्यही गोल पर्याप्त बन्यो । मेसी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीसमेत घोषित भए । उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि हुन् । 

मेसीले राष्ट्रिय टोलीबाट पहिलो उपाधि जित्दाका केही तस्बिरहरू :