Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
पूर्वी नवलपरासीस्थित कावासोतीको थानाचोकदेखि पश्चिम डिभिजन वन कार्यालयनजिकै बाढीले भत्काएको सडक
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २५ शुक्रबार ११:४९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाढीपहिरोबाट एकैदिन आठजनाले ज्यान गुमाए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २५ शुक्रबार ११:४९:००

मनसुन सक्रिय भएसँगै २५ दिनमा ५३ को मृत्यु, ३५ जना बेपत्ता, बाढीपहिरोले २९ जिल्लामा क्षति

बाढीपहिरोका कारण बिहीबार एकैदिन आठजनाले ज्यान गुमाएका छन् । एक बेपत्ता र ११ जना घाइते भएका छन् । गृह मन्त्रालय, राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलबहादुर तामाङका अनुसार दार्चुलाको नौगाडमा तीन, तनहुँको रिसिङ्ग र पाल्पामा दुई/दुई, दाङको घोराहीमा एक गरी आठजनाको ज्यान गएको हो । 

दार्चुलाको नौगाडमा पहिरोले तीनजनाको मृत्यु भएको र तीन घर क्षतिग्रस्त बनाएको छ । दाङको घोराहीमा अविरल वर्षाले गोठसँगै घरको पर्खाल भत्केर मनिषा चौधरीकी तीन महिने छोरीको ज्यान गएको हो । तनहुँको रिसिङ्गमा पहिरो जाँदा एकजनाको मृत्यु भएको छ भने एकजनालाई बाढीले  बगाउँदा मृत्यु भएको छ । तनहुँमा पाँच घर पूर्णरूपमा क्षतिग्रस्त हुनुका साथै तीन घरमा आंशिक क्षति पुगेको छ । पाल्पाको तिनाउँमा दुईजनाको मृत्यु भएको छ भने पहिरोले पाँच घर क्षतिग्रस्त भएको छ । 

मनसुन सक्रिय भएसँगै पछिल्लो २५ दिनमा नेपालमा ५३ जनाको मृत्यु भएको छ ।  ३५ जना बेपत्ता भएका छन् । २८ जेठमा मनसुन भित्रिए पनि त्यसको चौथो दिन अर्थात् ३१ जेठबाट बाढीपहिरोका घटना सुरु भएका थिए । बाढीपहिरोले २९ जिल्लामा क्षति पु¥याएको छ । सिन्धुपाल्चोक, मनाङ, लमजुङ, उदयपुर, सर्लाहीलगायत २९ जिल्लाका पाँच सय ५६ घरमा बाढीपहिरोले पूर्ण क्षति पुर्‍याएको र एक सय ५१ घरमा आंशिक क्षति पुगेको गृहको तथ्यांक छ । ३७ सरकारी भवन, १० सामुदायिक विद्यालय भवन, २५ जलविद्युत आयोजना, २३ मोटरेबल पुल र २५ झोलुंगे पुलमा क्षति पुगेको छ । हालसम्म चार हजार २४३ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 

शुक्रबार पनि मुसलधारे पानी पर्ने
पछिल्ला तीन दिनमा देशभर वर्षा भएको छ । शुक्रबार पनि मुलुकका कैयौँ क्षेत्रमा मुसलधारे पानी पर्ने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा देशभर पानी परेको छ । जसमध्ये प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा मुसलधारे पानी परेको छ । यो अवधिमा चर्चरेमा सबैभन्दा बढी २७८.४ मिलिमिटर वर्षा मापन भएको छ भने नवलपुरमा २६७ र इलाममा १४१.४ मिलिमिटर वर्षा मापन भएको तथ्यांक छ ।

शुक्रबार देशभर बदली रही धेरै स्थानमा वर्षाको आकलन गरिएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम केही स्थानमा मुसलधारे पानी पर्नेछ । त्यसमा पनि सुदूरपश्चिमका एक वा दुई स्थानमा अति धेरै पानी पर्ने आकलन गरिएको छ । शनिबार भने अति ठूलो पानी पर्ने सम्भावना नरहेको उनले बताइन् । ‘शनिबार मनसुनको केही कम प्रभाव देखिन्छ, तर पानी नपर्ने भन्ने होइन, देशभर नै पानी पर्छ,’ उनले भनिन्