१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काटमाडौं
२o८१ बैशाख २१ शुक्रबार o९:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

असइ भर्ना : आरक्षण कोटामा मागभन्दा कम उत्तीर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काटमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:२६:oo

५१ पद आरक्षण रहेकोमा ४२ जना मात्र लिखितमा पास, महिला, मधेसी, दलित र अमर/अशक्त प्रहरी परिवारका लागि छुट्याइएको कोटामा मागभन्दा कम उत्तीर्ण

नेपाल प्रहरीको सहायक निरीक्षक (असइ) पदको लिखित परीक्षामा समावेशी कोटाअन्तर्गत मागभन्दा थोरै मात्र उत्तीर्ण भएका छन् । महिला, मधेसी, दलित र अमर÷अशक्त प्रहरी परिवारका लागि छुट्याइएको कोटामा मागभन्दा कम उत्तीर्ण भएका हुन् । 

बिहीबार सार्वजनिक गरिएको लिखित परीक्षाको नतिजाअनुसार ४१ पदमा मागभन्दा कम उत्तीर्ण भएका छन् । महिलाका लगि ५१ पद आरक्षण रहेकोमा ४२ जना मात्र लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।

त्यस्तै, मधेसीका लागि आरक्षण गरिएको ७२ कोटामा ५३ जना, दलिततर्फको ३९ पदमा ३४ जना र अमर/अशक्त प्रहरी परिवारको १२ जनाको कोटामा चारजना मात्र उत्तीर्ण भएका हुन् । समावेशी कोटामा मागभन्दा कम भर्ना भएको पद खुलातर्फ जोडेर भर्ना प्रक्रिया अघि बढाइएको छ । 

असइका लागि ५८४ पदमा लोकसेवा आयोगले लिखित परीक्षा लिएको थियो । प्रहरी भर्नाको परीक्षा पूर्ण रूपमा लोकसेवा आयोगले लिन थालेपछि कतिपय पदमा मागभन्दा कम उत्तीर्ण हुने गरेका छन् ।

 

ad
ad