१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२o८१ जेठ २ बुधबार १५:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सडक भत्किएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
नयाँ पत्रिका नवलपरासी
२o८१ जेठ २ बुधबार १५:१७:oo

पूर्वी नवलपरासीको कावासोतीमा खोल्साको पानीले सडक भत्काएपछि बिहानदेखि  पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

कावासोतीको थानाचोकदेखि पश्चिम डिभिजन वन कार्यालय कावासोतीनजिकै सडक भत्किएको हो ।  सडकको आधाभन्दा बढी भाग भत्किएको छ भने बाँकी रहेको भाग पनि ओडारजस्तो बनेपछि अहिले पैदलयात्रीसमेतलाई आउजाउ गर्न रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बाटो मर्मतका लागि प्रयास भइरहेको छ । बाटो बिहान ८ बजेदेखि अवरुद्ध भएको हो । तथापि वैकल्पिक बाटो (गाउँको बाटो प्रयोग गरेर) अत्यावश्यक सवारीसाधन र हलुका सवारीसाधनलाई भने पास गराइएको छ ।

 

 

ad
ad