Skip This
पेट्रोल ७ र डिजेल ५ रुपैयाँ प्रतिलिटर घट्यो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार २o:४६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पेट्रोल ७ र डिजेल ५ रुपैयाँ प्रतिलिटर घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २o:४६:oo

नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल ७ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान ५ रुपैयाँ प्रतिलिटरले मूल्य घटाएको छ।

मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७१ रुपैयाँ तथा डिजेल र मट्टीतेल समान एक सय ५४ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

इन्डियन आयल कर्पोरेसनले बुधबार दिउँसो पेट्रोल ६ रुपैयाँ ७५ पैसा र डिजेल ५ रुपैयाँ ९ पैसा प्रतिलिटर घटाएर पठाएका कारण नेपाली बजारमा पनि मूल्य समायोजन गरिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।