१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २५ मंगलबार १२:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संखुवासभाको सिलिचोङमा पहिरो जाँदा एक घर पूर्ण रूपमा क्षतिग्रस्त 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १२:o३:oo

संखुवासभाको सिलिचोङ गाउँपालिका– १ तेन्छोङमा पहिरो जाँदा एक घर पहिरोले पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । गएराति अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय ८२ वर्षीय छत्तिसकुमार राईको घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार लगातारको वर्षातसँगै घरमाथि रहेको ठूलो ढुंगा झरेपछि आएको पहिरोले घर बगाएको हो । उक्त घरमा छत्तिसकुमार राई र उनको श्रीमती मात्रै बस्ने गरेको खुलेको छ । 

पहिराे राति करिब १ बजेतिर गएको अनुमान गरिएको छ । घरमाथिबाट पहिरो आएको थाहा पाएपछि छत्तिसकुमार भाग्ने क्रममा सामान्य घाइते भएका छन् भने श्रीमती भागेर बाँचेकी छिन् । पहिरोको खबर आउनेबित्तिकै ताम्कु प्रहरी चौकीबाट प्रहरी टोली गएको छ । अहिले  स्थानीय र प्रहरी उद्धार कार्यमा जुटेका छन् । 

गत वर्ष पनि सिलिचोङ गाउँपालिका– १ सिसुवाखोलामा असार २७ गते बेसिन्दा र चेप्चेवामा पहिरो जाँदा नाै घर बगाएको थियो भने ११ जना बेपत्ता  भएका थिए ।   विस्थापित एक  सय ६ घर यो बर्खामा पनि टेन्टमा नै बसिरहेका छन् । 

ad
ad