१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o६:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रोटोन एक्स ७० नेपाली बजारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:३२:oo

मलेसियाली गाडी प्रोटोन एक्स ७० नेपाली बजारमा सार्वजनिक गरिएको छ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले यो गाडी नेपालमा बिक्री गर्ने गरी सार्वजनिक गरिएको हो । गाडी सार्वजनिक समारोहमा ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले प्रोटोन एक्स ७० मलेसियामा मात्र नभई संसारका धेरै मुलुकहरूमा ख्याति र सफलता हात पारेको एसयुभी रहेको बताए । उनले भने, ‘हामी आशा राख्छौँ कि यस गाडीले नेपालमा समेत अवश्य सफलता हासिल गर्नेछ र संसारका अरू देशझैँ नेपालमा पनि आफ्नो सफलताको कथालाई  निरन्तरता दिनेछ ।’

प्रोटोनका माध्यमबाट जगदम्बा मोटर्सको सफलताको एउटा नयाँ कथा कोर्न चाहेको उनको भनाइ थियो । यो गाडीले नेपाली अटोमोबाइल बजारमा एउटा नयाँ अध्यायको थालनी गर्ने प्रबन्ध निर्देशक अग्रवालले बताए । उनले प्रोटोनको सेवा–सुविधा, पाठपुर्जाको उपलब्धता र विश्वसनीयताबारे प्रतिबद्धता जनाएका थिए । उनले भने, ‘हामी चाँडै नै प्रोटोनको सेल्स र सर्भिसलाई डिलरमार्फत मुलुकभर पुर्‍याउनेछौँ र प्रोटोनलाई मुलुककै एउटा शीर्ष अटोमोबाइल कम्पनी बनाउनमा हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नेछौँ ।’

प्रिमियम इन्टेलिजेन्ट एसयुभीको नामबाट प्रसिद्धि कमाएको दाबी गरिएको यो गाडीमा रहेको इन्टेलिजेन्ट कीले ढोका बन्द गर्ने र खोल्ने काम सजिलै गर्ने र ढोका राम्रोसँग लक भएको छैन भने त्यसको सूचना दिलाउने कम्पनीले जनाएको छ । यसले गाडीभित्र रहेको सामान चोरी हुन वा हराउनबाट जोगाउने कम्पनीको दाबी छ । 

यसमा रहेको भ्वाइस कमान्ड सिस्टमले गाडीभित्र चालक र यात्रुले हातले गर्नुपर्ने अधिकांश कामलाई बोलीका भरमा निप्ट्याउन सहयोग पुर्‍याउने कम्पनीको दाबी छ । भ्वाइस कमान्ड सिस्टमले एयर कन्डिसनर कन्ट्रोल, समय, फोनकल, आफूले चाहेको संगीत सुन्ने, एसियाली मानिसको पहिचान, गाडीका विभिन्न फिचर्सबारे सोधपुछदेखि गाडीको पूरै सिस्टम कन्ट्रोल गर्न सक्नेसम्मको काम गर्ने कम्पनीले दाबी गरेको छ ।  यसमा अत्याधुनिक मोबाइल कनेक्टिभिटी टेक्नोलोजी रहेकाले चालकले सिस्टममा आफ्नो मोबाइल फोन कनेक्ट गरेर नेभिगेसन, फोन, म्युजिक र अन्य सेवाको उपयोग गर्न सक्ने जनाइएको छ ।   

यसमा रहेको एड्भान्स ड्राइभर एसिस्ट सिस्टमअन्तर्गत रहेको थ्री डी होलोग्राफिक डिटेक्सन सिस्टममा २ सेन्सर, ५ क्यामरा र ९ राडर समाहित रहेको कम्पनीले जनाएको छ । यो गाडीको लाइटिङ र आवाजसँग कनेक्टेड हुनाले आउने अप्ठ्यारो परिस्थितिको चेतावनी दिइरहने कम्पनीको दाबी छ । यसमा रहेको प्रि–कोलिजन सेफ्टी सिस्टम र अटोनोमस इमर्जेन्सी ब्रेकिङ सिस्टमले बाटोको ट्राफिक स्थितिलाई डिटेक्ट गर्ने जनाइएको छ । ५–स्टार सेफ्टी रेटिङ पाएको यो गाडीमा ५ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको र सुरुवाती मूल्य ८६ लाख ९९ हजार रुपैयाँ राखिएको कम्पनीले जनाएको छ ।

ad
ad