१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
एजेन्सी
२o८१ जेठ ४ शुक्रबार o८:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

लियोनल मेसी ‘स्वतन्त्र’

तर, बार्सिलोनका अध्यक्ष र प्रशिक्षक रोक्ने प्रयासमा

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:३१:oo

अर्जेन्टिनी कप्तान लियोनल मेसी र बार्सिलोनाबीचको सम्झौता बुधबार रातिबाट समाप्त भएको छ । बार्सिलोनासँग सम्झौता नवीकरण नभएपछि मेसी स्वतन्त्र खेलाडी बनेका हुन् । मेसी अब एजेन्टमार्फत आफूले चाहेको क्लबमा अनुबन्धित हुन सक्छन् । स्पेनिस तथा अन्य अन्तर्राष्ट्रिय एजेन्सीहरूले बार्सिलोनाबाट मेसी स्वतन्त्र भएको दाबी गरे पनि बार्सिलोनाका अध्यक्ष तथा प्रशिक्षकले अन्तिम प्रयास भइरहेको जनाएका छन् । बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले मेसीका बारेमा शान्त रहन अनुरोध गरेका छन् । ‘यति वेला शान्त रहनु नै उत्तम हुन्छ,’  लापोर्टाले भने । क्लबका प्रशिक्षक रोनाल्ड कोएम्यानले मेसी र बार्सिलोनाबीचको सम्झौता समयवाधि समाप्त भए पनि सबै पक्ष समाप्त भइनसकेको जनाएका छन् । 

‘मेसीसँगको सम्झौता नवीकरण समय मात्रै समाप्त भएको हो, अझै पनि सबै ढोका बन्द भइसकेका छैनन्,’ कोएम्यानले भने, ‘हो सम्झौताअनुसार मेसी अब बार्सिलोनाका खेलाडी होइनन्, हामीहरूको इच्छा नै मेसीलाई क्लबमै पुनः फर्काउने हो ।’ यसअघि क्लबका अध्यक्ष लापोर्टाले २४ जुनमै मेसीसँग सम्झौता गर्ने प्रयास गरेका थिए । यस दिन मेसीको जन्मदिन थियो । जन्मदिनको उपहारका रूपमा सम्झौता नवीकरण प्रयास भए पनि सफल भएको थिएन ।

३४ वर्षीय मेसी अहिले दक्षिण अमेरिकामा सञ्चालन भइरहेको कोपा अमेरिका फुटबल प्रतियोगितामा सहभागी छन् । उनले कप्तानी गरेको अर्जेन्टिना क्वार्टरफाइनलमा पुगेको छ । कोपा अमेरिकामा ध्यान केन्द्रित भएका कारण मेसीले बार्सिलोनासँगैको सम्झौताबारे केही प्रतिक्रिया दिएका छैनन् । ब्राजिलमा सञ्चालित कोपा अमेरिकामा आगामी आइतबार क्वार्टरफाइनलको खेलमा अर्जेन्टिनाले इक्वेडरको सामना गर्नेछ ।

मेसीले क्लबसँगको सबै विषयबारे छलफल गर्न एजेन्ट र आफ्ना पितालाई अधिकार दिएका छन् । गत वर्ष प्रशिक्षकका रूपमा भित्रिदा मेसी र कोएम्यानबीचको सम्बन्ध त्यति राम्रो थिएन । एक सिजनको सहकार्यपछि बार्सिलोनाका प्रशिक्षक कोएम्यानले मेसीसँगको सम्झौता डेटलाइन समाप्त हुनु गम्भीर भएको बताए । ‘यो निकै महत्वपूर्ण विषय हो, मलाई विश्वास छ, मेसी अझै बार्सिलोनामा वर्षौं रहन सक्छन्, क्लबका अध्यक्ष र मेसीका एजेन्टबीच कुराकानी भइरहेको छ,’ प्रशिक्षक कोएम्यानले भने, ‘कोपा अमेरिकापछि यो विषय सुल्झिनेछ ।’

गत वर्ष मेसीले अन्य क्लबमा जान बार्सिलोनासँग ‘रिलिज’ गर्न अनुरोध गरेका थिए । त्यसवेला बार्सिलोनाले सम्झौता बाँकी रहेको र रिलिज रकम सात सय मिलियन युरो सार्वजनिक गरेपछि मेसी अन्य क्लबमा जाने इच्छा त्यत्तिकै सेलाएको थियो । पछि बार्सिलोनाले एक वर्ष सम्झौता थपेपछि मेसी बार्सिलोनामै रहेका थिए । 

मेसी स्वतन्त्र भएपछि प्रिमियर क्लब म्यानचेस्टर सिटी वा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले प्रस्ताव राख्न सक्ने मिडियाहरूले अनुमान गरिरहेका छन् । पछिल्लो केही समय मेसीले पनि पूर्वप्रशिक्षक पेप ग्वार्डिओलासँग सहकार्य गर्न चाहेको बताउँदै आएका छन् । पेप पनि मेसीलाई प्रिमियर लिगमा भित्र्याउन चाहन्छन् । यता पिएसजी भने मेसीलाई भित्र्याएर आप्mनो ब्रान्ड भ्यालू मार्केटमा बढाउने योजना बनाएको छ ।

बार्सिलोनामा मेसी
मेसीले बार्सिलोनामा सी टोलीबाट करिअर सुरुवात गरेका थिए । सन् २००३ देखि २००४ सम्म बार्सिलोनाको सी टोलीसम्म रहँदा मेसीले १० खेलमा पाँच गोल गरेका थिए । सन् २००४ देखि ०५ सम्म उनी बार्सिलोनाको बी टोलीमा रहे । बी टोलीबाट उनले २२ खेलमा ६ गोल गरे । सोही वर्ष उनले बार्सिलोनाको सिनियर टोलीमा स्थान बनाए । त्यसयता उनले फर्केर हेर्नुपरेन । बार्सिलोनाका लागि मेसीले सन् २००४ देखि २०२१ सम्म चार सय ७४ खेलमा कीर्तिमानी रूपमा पाँच सय २० गोल गरेका छन् ।

यो डेढ दशकको बार्सिलोना यात्रामा मेसीले सर्वाधिक ६ पटक फिफा वर्ष खेलाडीको उपाधि जितेका छन् । सन् २००८–०९ र सन् २०१४–२०१५ को सिजनमा मेसीको प्रेरणादायी प्रदर्शनमा बार्सिलोनाले एकै सिजनमा तेहरो उपाधि जितेको थियो ।  

ad
ad