१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १४:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रकाशमान, विमलेन्द्र र शशांकबीच नयाँ समीकरणको सम्भावना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:२४:oo

कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह र महामन्त्री डा. शशांक कोइरालाबीच नयाँ समीकरणको सम्भावना बढेको छ । शुक्रबार डा.  कोइरालानिवास महाराजगन्जमा भएको छलफलपछि निधि, सिंह र कोइरालाले आफूहरूबीच नयाँ समीकरण बन्ने सम्भावना रहेको बताए । त्रिपक्षीय छलफलले आगामी महाधिवेशनमा एकता गरेर जाने निर्णय पनि गरेको छ । 

छलफलपछि पत्रकारलाई संक्षिप्त जानकारी दिँदै निधिले अहिलेको राष्ट्रिय राजनीति र कांग्रेसको महाधिवेशनको विषयमा छलफल भएको र आगामी महाधिवेशनमा आफूहरू फरक ठाउँमा नभई एकै ठाउँमा रहने प्रतिबद्धता जनाए । 

पूर्वमहामन्त्री सिंहले महाधिवेशन समयमै गर्ने र पार्टीको महाधिवेशनसँगै एकता गरेर आगामी निर्वाचनमा कांग्रेसको पक्षमा जनमत तयार गर्न एक ढिक्का भएर अगाडि बढ्ने कुरामा तीनैजना सहमत भएको बताए । 

उनले भने, ‘अस्तिको छलफलपछि जिल्लाबाट फोन आयो । हामी संस्थापक नेताका छोराहरू एकै ठाउँ भएर पार्टीलाई पुरानै अवस्थामा फर्काएको हेर्न चाहनुभएको छ । त्यसका लागि हामी निरन्तर छलफल गर्छौँ र अगाडि बढ्छौँ ।’

एकैपटक बस्दा सबै कुरा फाइनल नहुने भन्दै उनले आफूहरू निरन्तर छलफलमा जुटिरहने र  सभापति को हुने भन्नेबारे समय आएपछि निर्णय गर्ने बताए । 

त्यस्तै, कोइरालाले पनि तीनैजना मिलेर जानुपर्ने निष्कर्ष निकालिएको बताए । उनले भने, ‘महाधिवेशन गर्नका लागि र नेतृत्व परिवर्तनका लागि तीनैजनाबीच एउटै मत छ ।’ 

पौडेल पक्षको भेला दियालो होटलमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पक्षधरले बसुन्धाराको दियालो होटल भेला राखेको छ । २ बजेदेखि पौडेल पक्षका केन्द्रीय सदस्य र पदाधिकारीहरु छलफलमा जुटेका छन् ।

१४ औं महाधिवेशनको सन्दर्भमा छलफल गर्न भेला बोलाइएको एक नेताले बताए । 

ad
ad