१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:४४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उद्योगी चौधरी हंगेरीको अवैतनिक महावाणिज्यदूत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:४४:oo

नेपाल सरकारले उद्योगी अरुणकुमार चौधरीलाई औपचारिक रूपमा हंगेरीका अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ । चौधरीलाई हंगेरीका परराष्ट्रमन्त्री पिटर सियार्टोले १७ फेब्रुअरीमा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले हंगेरीका लागि अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो । 

चौधरीलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी क्षत्रीले ओहदाको प्रमाणपत्र  हस्तान्तरण गरेको जनाइएको छ । डा. सुवेदीले उहाँलाई बधाई दिँदै सफल कार्यकालको कामना गरेको चौधरीको सचिवालयले जनाएको छ ।

चौधरी नेपालको व्यावसायिक घराना सिजी होल्डिंग्सका अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन् । ओहदाको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा चौधरीले आगामी दिनमा नेपाल र हंगेरीबीचको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।