मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरूलाई पनि खोपमा प्राथमिकता दिन्छौंँ : स्वास्थ्यमन्त्री तामाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:३३:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आगामी दिनमा कोभिड–१९ विरुद्धको खोपमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरूलाई पनि प्राथमिकता दिइने बताएका छन् । बुधबार नेपाल खेलकुद महासंघको ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने बताउँदै आगामी दिनमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिहरूलाई पनि प्राथमिकता दिइने बताएका हुन् । उनले  सरकार कोभिड–१९ सँगसँगै अन्य रोगको उपचार पनि जनतालाई कसरी सहज बनाउन सकिन्छ भनेर लागिरहेको बताए ।

उनले भने, ‘खोपलाई प्राथमिकताका साथ अगाडि बढाएका छौँ । आएको खोपको सीमितताका कारणले उमेर समूहलाई छुट्याएर गरिरहेका छौँ । सम्भवतः केही दिनभित्रै कोभिडको भ्याक्सिनसम्बन्धी सकारात्मक समाचार तपाईंहरूले पाउनुहुनेछ । पहिले हामीले फ्रन्टलाइनमा खट्ने सञ्चारकर्मी, पत्रकारलाई लगायौँ तर खेलाडी, खेलकुद क्षेत्र प्रवेश गर्न सकेको छैन । तर, अब यस्ता विभिन्न क्षेत्रलगायत फ्रन्टलाइनमा खटिरहनुभएको छ उहाँहरूलाई पनि लक्षित गरी भ्याक्सिनको परिमाणा बढी ल्याउन सक्यौँ भने त्यो पनि ध्यान दिन्छौँ । कोभिडसँगै अन्य उपचार कसरी जनतालाई सहज बनाउन सकिन्छ, जनता उपचार अभावमा मर्नु नपरोस् भन्ने ग्यारेन्टी कसरी गर्न सकिन्छ भनेर अध्ययन गरेर अगाडि बढेका छौँ ।’

मन्त्री तामाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल खेलकुद महासंघले खेलाडीलगायत खेल क्षेत्रका लागि काठमाडौं उपत्यकामा पाँच हजार मात्रा र प्रदेश र जिल्लामा आवश्यकताअनुसार कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ । त्यसैगरी आगामी दुई महिनाभित्र प्रत्येक नागरिकले खोप लगाउन सक्ने गरी व्यवस्था गर्न, पिसिआर परीक्षणलाई सहज र फराकिलो बनाउन, खेलकुद क्षेत्रलाई प्राथमिकता दिइ राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा खोप केन्द्र सञ्चालन गर्न महासंघले अनुरोध गरेको छ ।