१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको वैठकमा सहभागि प्रदेश सांसद ।
२o८१ बैशाख १७ सोमबार १o:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:१७:oo

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । नेकपा एमालको विवाद संसद्मा पनि देखिन थालेकाले मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् । उनले विश्वासको मतको प्रयोजनका लागि संसद् सचिवालयमा आइतबार पत्र दर्ता गराएका थिए ।

मंगलबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको एमाले संसदीय दलको  प्रमुख सचेतक दुर्गाकुमारी कामीले जानकारी दिइन्  ।

यसैगरी, मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था आएमा कांग्रेसले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । विश्वासको मत पाउने अवस्था आएमा कांग्रेस तटस्थ बस्ने निर्णय भएको कांग्रेस संसदीय दलका सचेतक टेकबहादुर रैकाले जानकारी दिए ।

हाल ५२ सदस्य रहेको प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको मत आवश्यक पर्छ । एमालेका २४ सांसदमध्ये आफ्नो पक्षमा कम्तीमा १५ जना रहेको खनाल–नेपाल पक्षको दाबी छ । माओवादीका १३ सांसद छन् ।

माओवादी संसदीय दलका सचेतक अक्कल रावलले एमाले संसदीय दलले सरकारलाई समर्थन कायम राख्ने निर्णय गरिसकेकाले मुख्यमन्त्रीले विश्वासको मत पाउने दाबी गरे । केही समयपछि प्रदेश सभाको बैठक सुरु हुँदै छ । बैठकमा विश्वासको मतबारेमा छलफल हुनेछ ।

ad
ad