मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ दिल्ली
२०७८ जेठ २५ मंगलबार ०८:३४:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दिल्लीमा सोमबारदेखि  मेट्रो रेल सेवा सञ्चालन    

Read Time : < 1 मिनेट
नयाँ दिल्ली
२०७८ जेठ २५ मंगलबार ०८:३४:००

भारतको राजधानी नयाँ दिल्लीमा महामारीका कारण अवरूद्ध शहरी रेल सेवालाई सोमबारदेखि पुनः सञ्चालन गरिएको छ । कोरोना भाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा संक्रमणको दर घटेसँगै मेट्रो रेल सेवा पुनः सञ्चालनमा ल्याइएको हो ।  कोरोना संक्रमण बढेपछि लगाइएको लकडाउन बिस्तारै खोल्ने क्रममा गत १० मे मा रोक लगाइएको मेट्रो सेवा फेरि शुरु गरिएको हो ।     

यद्यपि, अहिले भने ५० प्रतिशत मात्रै यात्रु राखेर चलाउन अनुमति दिइएको छ । जोर बिजोर बार पारेर पसलहरु पनि खोल्न दिइएको तर सुरक्षाका उपायहरु भने पालना गर्नुपर्ने मुख्यमन्त्री अरविन्द केजरीवालले बताए ।
     
दिल्लीमा गत अप्रिलमा दैनिक १० हजार नयाँ संक्रमित फेला परेकोमा आइतबार ३८१ जनामा मात्रै सङ्क्रमण फेला परेको जनाइएको छ ।     विगत २४ घण्टामा भारतभर एक लाख ६३६ जनामा संक्रमण देखिँदा दुई हजार ४२७ जनाको मृत्यु भएको छ ।  भारतमा कुल कोभिड सङ्क्रमितको संख्या अहिलेसम्ममा दुई करोड ८९ लाख पुगेका छ भने तीन लाख ४९ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ ।     
     
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रबासीको नाममा गरेको सम्बोधनमा भारतमा कुल २३ करोड २७ लाखलाई खोप लगाइसकिएको बताएका छन् । उनले यो सङ्ख्यालाई आगामी दिनमा थप तीब्रतासाथ वृद्धि गरिने जानकारी दिए । रासस/एएनआई