१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:२o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खल्ती वालेटबाट सामाजिक सुरक्षा कोषमा भुक्तानी गर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:२o:oo

सामाजिक सुरक्षा कोषमा आबद्ध संगठित संस्थाहरूले खल्ती डिजिटल वालेटमार्फत सीधै रकम जम्मा गर्न सक्ने भएका छन् । खल्तीले नेपालमा गरिने हरेक भुक्तानीलाई डिजिटलाइज गर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।   

खल्तीका सहायक प्रबन्धक जोनाम भुर्तेल र कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार सामाजिक सुरक्षा कोषमा सरकारी र प्राइभेट कार्यालयमा कार्यरत दुवै किसिमका कर्मचारीले आफ्नो मासिक आम्दानीबाट निश्चित रकम खल्ती वालेटबाट सजिलै भुक्तानी गर्न सक्ने जनाइएको छ । रकम हरेक महिनाको १५ गतेभित्र भुक्तानी गरिसक्नुपर्ने जनाइएको छ । कोषमा तिर्नुपर्ने रकम नतिरेको अवस्थामा कुनै कर्मचारीले आफ्नो कोषको रकम दाबी गरेमा संगठनलाई निश्चित रकम जरिवाना लाग्ने कोषले जनाएको छ । 

खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक भुर्तेलले भने, ‘खल्तीले सामाजिक सुरक्षा कोषमा आबद्ध संस्थाहरूले घरमै बसी सजिलै रकम भुक्तानी गर्न सक्ने सुविधा ल्याएकाले यो सेवाले मानिसहरूको भुक्तानी प्रक्रियालाई सरल र सही बनाउन थप टेवा पुग्ने विश्वास लिएको छु ।’ कोषका कार्यकारी निर्देशक ज्ञवालीले सामाजिक सुरक्षा कोषको रकम संकलन गर्ने सन्दर्भमा खल्तीसँग अत्यन्त छोटो समयमा गरिएको सहकार्यले सतहत्तरै जिल्लामा छरिएर रहेका कर्मचारीलाई चौबिसै घन्टा रकम जम्मा गर्ने सुविधा उपलब्ध भएको बताए ।

खल्ती डिजिटल वालेटको १७ लाखभन्दा बढी प्रयोगकर्ता रहेको जनाइएको छ । यसको प्रयोग गरी ६० भन्दा बढी बैंकहरूमा  पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डिटिएचको बिल भुक्तानी गर्न सकिने  जनाइएको छ । त्यस्तै, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरूको ग्राहक शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता धेरै सेवाहरू लिन सकिने खल्तीले जनाएको छ ।