१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार o६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विभिन्न अस्पताललाई प्राइम बैंकको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o६:o६:oo

प्राइम बैंक लिमिटेडले कोभिड­–१९ महामारीको दोस्रो लहर नियन्त्रण तथा रोकथामका लागि विभिन्न अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बैंकले अस्पतालहरूमा बिरामी शय्या, अक्सिजनलगायत अन्य अतिआवश्यक स्वास्थ्य सामग्रीहरूको अभाव भई संक्रमित बिरामीहरूको उपचार गर्न कठिन भएको परिस्थितिलाई ध्यानमा राख्दै सहयोग गरेको हो । 

बैंकले सुदूरपश्चिम क्षेत्रको सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई क्रमशः ६० थान तथा ४० थान अक्सिजन सिलिन्डर वितरण गरेको जनाएको छ । सहयोगलाई निरन्तरता दिने क्रममा वीर अस्पताललाई करिब ३० लाख रुपैयाँबराबरको पिपिई सेट, पोर्टेबल अक्सिजन सिलिन्डर, फेसमास्क, स्यानिटाइजर, अक्सिजन ट्रलीलगायत विभिन्न स्वास्थ्य सामग्रीहरू सहयोग गरको छ ।

बैंकका सञ्चालक मनोज पौडेलले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई सहयोग सामग्री हस्तान्तरण गरेको जनाइएको छ । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सहयोग जारी राख्ने बैंकले जनाएको छ । 

 

ad
ad