१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कोरोनाका कारण केडिया परिवारका दुई सदस्यको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:१९:oo

कोरोनाका कारण औद्योगिक समूह केडिया अर्गनाइजेसनका दुई सदस्यको निधन भएको छ । अर्गनाइजेसनका कार्यकारी निर्देशक विश्वनाथ केडियाको गत २८ वैशाखमा निधन भएको हो । त्यस्तै, कार्यकारी निर्देशक सन्दीप केडियाका पुत्र प्रद्युम्न केडियाको पनि सोही दिन निधन भएको केडिया अर्गनाइजेसनले जनाएको छ ।

७२ वर्षे विश्वनाथ सुमित केडियाका पिता हुन् । उनको राजधानीको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । त्यस्तै, २१ वर्षे प्रद्युम्न केडिया वीरगन्जमै संक्रमित भएपछि उपचारका लागि राजधानीको बयोधा अस्पताल ल्याइएको थियो ।

उनको त्यहीँ निधन भएको हो । ‘हाम्रो परिवारका लागि यो इतिहासकै सबैभन्दा कहालीलाग्दो घटना साबित भयो,’ केडिया अर्गनाइजेसनले विज्ञप्ति जारी गरी भनेको छ, ‘यसबीचमा हामीलाई प्रत्यक्ष–अप्रत्यक्ष माध्यमबाट साथ र सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्न चाहन्छौँ ।’ 

केडिया अर्गनाइजेसन मुलुककै सबैभन्दा पुरानो र सबैभन्दा ठूलो औद्योगिक घरानामध्ये पर्छ । अर्गनाइजेसनले खाद्यान्न, डेरी, बैंक, बिमा तथा वित्तीय संस्था, मेटल, सिमेन्ट, टेक्सटाइललगायत क्षेत्रमा लगानी छ ।

ad
ad