१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १९:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङमा मंगलबार राति १२ बजेदेखि ३ जेठसम्म निषेधाज्ञा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:३९:oo

संक्रमणको जोखिम बढेपछि लमजुङमा मंगलबार राति १२ बजेदेखि ३ जेठसम्म लागू हुने गरी निषेधाज्ञा जारी भएको छ । ग्रामीण भेगमा समेत कोभिड संक्रमण देखिन थालेपछि स्थानीय प्रशासनले एक साताका लागि निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीको सोमबार बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । प्रशासनले निशेधाज्ञा जारी भएको क्षेत्रमा औषधि–उपचार, खाद्यवस्तु खरिद र खेतबारीमा कृषिजन्य कामबाहेक घरबाहिर निस्कन रोक लगाएको छ । यस्तै एम्बुलेन्स, बिरामी बोकेका गाडी, शववाहन, निर्माण समाग्री ढुवानीका साधन, पशुपक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सबैखाले सवारी सञ्चालनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए ।

अत्याश्यक उपभोग्य वस्तु बिक्री गर्ने, खाद्यान्न तथा तरकारी, पेट्रोलियम पदर्थको बिक्री–वितरण, ग्यास, डिपो, औषधि पसलबाहेक सम्पूर्ण पसल, उद्योग, व्यापार, व्यवसाय बन्द हुने भएको छ । दैनिक उपभोग्य खाद्यान्न र तरकारी पसलहरू भने बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाउने प्रशासनले जनाएको छ । जिल्लाभित्र धार्मिक, सांस्कृतिक, सामाजिक क्रियाकलापलगायत कुनै पनि प्रकारको जमघट, भेला, गर्न पनि प्रशासनले रोक लगाएको छ । यसअघि लमजुङको राईनास नगरपालिका– ७ र दूधपोखरी गाउँपालिकाको वडा नम्बर १ र २ मा निषेधाज्ञा जारी भएको थियो । लमजुङमा सोमबार २७ जना संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या एक सय ५३ पुगेको छ ।

ad
ad