१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तस्बिर : अमुल थापा
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसदमा प्रधानमन्त्रीको जवाफ– चुनाव हुँदा लोकतन्त्र र संविधान खतरामा पर्दैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:४९:oo

संसदमा प्रचण्डले प्रधानमन्त्री प्रतिनिधिसभा विघटनको पक्षमा रहेको बताइरहँदा प्रधानमन्त्री केपी ओलीले चुनाव हुँदा लोकतन्त्र र संविधान खतरामा नपर्ने जवाफ दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘मार्गप्रशस्त गरिदिनुप¥यो भन्नुभयो । तपाईंलाई यस सदनले विश्वास दिँदैन भनेर  कुरा आयो । मलाई त्यस्तो लाग्दैन । तर, कुरा सुन्दा हो कि हो कि पनि लाग्यो । कहिले–कहिले देशको आवश्यकता एकातिर हुन्छ र संसदीय गणित अर्काेतिर हुन्छ । राजनीति गर्ने मान्छेहरूले त्यो बुझेका हुन्छन् । देशको आवश्यकता र संसदीय गणितका बीचमा फरक पर्छ । र, चुनाव हुँदा लोकतन्त्र र संविधान पनि खतरामा पर्दैन । त्यसो भए अस्ति बेलायतमा प¥यो, अहिले इजरायमा परिरहेको छ । बोरिस जोनसनले अस्ति खर्भर चुनाव गराउनुभयो । संसद् विघटन भयो । बेलायतमा लोकतन्त्र सकियो, लोकतन्त्र खतरामा भयो, हाम्रो हत्या भयो, हत्या गरिदियो बोरिस जोनसनले भनेर कोही रुँदै, कराउँदै हिँडेनन्, चुनावमा गए । फेरि चुनावबाट छानिएर आए । यस्तो प्रक्रिया हुन्छ लोकतन्त्रमा ।’
 

ad
ad