मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format ११:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कमिसनका कारण कोरोना भ्याक्सिन रोकिएको समाचारले लज्जित बनायो : डा. शेखर कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:१o:oo

कांग्रेस नेता डा. शेखर कोइरालाले कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिनको खरिद प्रक्रिया रोकिएको समाचारले लज्जित बनाएको बताएका छन् । नेता कोइरालाले प्रधानमन्त्री केपी ओलीकै निकटका व्यवसायीहरू विजय दुगड र ऋतु वैद्यले कमिसनकै कारण भ्याक्सिन रोकिएको समाचार नयाँ पत्रिकासहित विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् । 

बिहीबारको नयाँ पत्रिकामा ‘खोपमा पनि मिसन कमिसन : ३२ करोड ४३ लाख कमिसनको दाउमा तीन करोड नागरिकको जीवनमाथि खेलबाड’ शीर्षकमा खोपमा पनि कमिसनको खेलबाड भएको समाचार प्रकाशित भएको थियो । 

प्रधानमन्त्रीकै छत्रछायामा रहेका व्यवसायीहरूले जनस्वास्थ्यमाथि गरेको यति ठूलो अपराध र बेइमानी कदापि क्षम्य हुन नसक्ने भन्दै कोइरालाले भनेका छन्, ‘महामारीको कहालीलाग्दो समयमा जनतामाथि यति ठूलो धोका ?’ 

डा. कोइरालाले लेखेका छन्, ‘पहिलो चरणको महामारीका समयमा ठूलो आर्थिक चलखेल गरी प्रधानमन्त्रीनिकट ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो । देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायामा रहेका व्यवसायीहरूले जनस्वास्थ्यमाथि  गरेको यति ठूलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन । यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ र समय आएपछि जनताले यसको हिसाब गर्नेछन् ।’