जिल्ला प्रशासन कार्यालय पर्साले सडकमा मास्क नलगाई हिँड्नेलाई कारबाही गर्न सुरु गरेको छ । छिमेकी मुलुक भारतमा तीव्र रूपमा संक्रमण बढेकाले त्यसको प्रत्यक्ष असर सीमा जोडिएको पर्सामा परेपछि मास्क नलगाई हिँड्नेलाई प्रहरीले सोमबारदेखि जरिवाना गर्न थालेको हो ।
संक्रामक रोग ऐन, २०३० बमोजिम जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनअनुसार पर्सा प्रहरीको मातहतमा रहेका प्रहरी युनिटहरूले मास्क नलगाई हिँड्नेलाई कारबाही गर्ने कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
विनामास्क बजारमा भेटिएकाहरूलाई प्रहरीले समातेर एकपटकका लागि सय रुपैयाँ जरिवाना तिराउने तथा सम्झाइबुझाई मास्क नलगाई घरबाहिर ननिस्कने सर्तमा एक थान मास्क वितरण गरी छोडेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
उनका अनुसार बिहानैदेखि प्रहरीले वीरगन्ज महानगरपालिकाको घन्टाघरचोक, माईस्थान, भानुचोक, रानीघाटलगायतका ठाउँमा मास्कविना हिँडेकाहरूलाई कारबाही गरेको छ । घन्टाघर, माईस्थान र श्रीपुरमा विनामास्क भेटिएका ८२ जनालाई प्रहरीले जनही सय रुपैयाँका दरले जरिवाना तिराएको छ ।
वीरगन्ज महानगरपलिकालगायतका अन्य सबै पालिकामा माइकिङ तथा जनचेतानामूलक कार्यक्रम पनि गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्सामा मास्क नलगाउनेलाई कारबाही
खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ
३ हप्ता अघि
सुझावित समाचार
आज मन्त्रिपरिषद् बैठक बस्दै, सिंहदरबारमा केहीबेरमै सुरु हुने
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरमै बैठक बस्न लाग…
बाघको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु, आक्रमण गर्ने बाघ नियन्त्रणमा
मकवानपुर । चितवनको भरतपुर महानगरपालिका– २७ स्थित राधाकृष्ण सामुदायिक वनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । निउ…
भारतबाट नेपालतर्फ आउँदै गरेका युवक खैरो हेरोइनसहित पक्राउ
धनगढी । कैलालीमा लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसा…
स्वास्थ्य क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल र जापानबिच छलफल
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि जापानी राजदूत माएदा तोरूले शिष्टाचार भेट गरेका छन्। …
भारतीय विदेशसचिव विक्रम मिस्रीले गरे परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट
काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिस्रीले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्। आज परराष्ट्र मन्त्रा…
ऋण असुलीबाट समस्याग्रस्त सात सहकारीका १२२ जनाले पाए रकम फिर्ता
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सात समस्याग्रस्त सहकारीका १२२ जनाको बचत रकम फिर्ता गरेको छ। समितिले स…