मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ चैत ३१ मंगलबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ चैत ३१ मंगलबार १२:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी दाहालमाथि  प्रहरीद्वारा कुटपिट र दुर्व्यवहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ चैत ३१ मंगलबार १२:५८:oo

भारतीय दूतावास परिसरमा समाचार संकलनको क्रममा नयाँ पत्रिकाकर्मी केदार दाहाललाई प्रहरीले दुर्व्यवहार गरेको छ । भारतबाट साउदी अरबमा हुने उडान रोकिएपछि भारतीयहरू नेपालको बाटो साउदी अरब जान थालेका छन् ।

जसका लागि भारतीय नागरिकले दूतावासमार्फत नो अब्जेक्सन लेटर लिनुपर्ने व्यवस्था काठमाडौं विमानस्थलले गरेको छ । सोही लेटर लिने क्रममा दूतावासअगाडि सयौँ भारतीयको भिड जम्मा भएको थियो । सोही क्रममा प्रहरीले हस्तक्षेपसमेत गरेको थियो ।

सोही समाचार संकलनको क्रममा पत्रकार दाहाललाई डिएसपी दीपक खड्काको कमान्डमा रहेका प्रहरी जवानहरूले भिडियो र फोटो खिचेको भन्दै धम्क्याउनुका साथै लछारपछार पारेका छन् । पत्रकार दाहालले आफू पत्रकार भएको भन्दै कार्ड देखाउँदासमेत प्रहरी जवानहरूले नक्कली पत्रकार भन्दै पाखुरा र घाँटीमा समाएर लछारपछार पारेका छन्