१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १६:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकारले गरेका कामलाई दोषी आँखाले मात्र हेरियो : शान्ता चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:३२:oo

नेकपा (एमाले)की सचेतक शान्ता चौधरीले सरकारले गरेका कामहरूलाई दोषी आँखाले हेरिएको बताएकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सचेतक चौधरीले सरकारले हालसम्म गरेका महत्वपूर्ण कामलाई दोषी आँखाले हेरिने गरेको बताएकी हुन् ।

 सरकारले तीन दशकपछि मेलम्चीको पानी काठमाडौंमा झारेको, देशलाई सुरुङ मार्गमा प्रवेश गराएको, भूकम्पपछिको पुनर्निर्माणका कामहरू भइरहेका तथा नयाँनयाँ विद्यालयहरू बनाउनेलगायतका कामहरू सरकारले गरेको बताइन् । सरकारले विद्रोही शक्तिलाई शान्तिपूर्ण राजनीतिमा प्रवेश गराई इतिहासमै ठूलो काम गरेको पनि बताइन् ।  

सरकाले देशलाई आत्मनिर्भरउन्मुख बनाउँदै लगेको पनि बताइन् ।  उनले भनिन्, ‘विद्रोही शक्तिलाई वार्ताको टेबुलमार्फत शान्तिपूर्ण राजनीतिमा प्रवेश गराएको छ सरकारले । विप्लव समूह, सिके राउतजस्ता विद्रोही समूहलाई शान्तिको बाटोमा ल्याएको छ यो सरकारले । मलाई लाग्छ यो सत्ता पक्षले मात्रै होइन, प्रतिपक्ष सबैले सरकारलाई यतिवेला खुलेर धन्यवाद दिनुको सट्टा अहिले पनि सरकारले केही गरेन भनेर हामीले विरोध गरिरहेका छौँ । त्यसकारणले म भन्दै छु कस्तो संस्कार हो हाम्रो ? कस्तो बुझाइ हो हाम्रो ? अब देशमा कुनै विद्रोही शक्ति हुनेछैनन् । इतिहासमा यो सरकारले सबैभन्दा ठूलो काम गरेको छ ।’

ad
ad