१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका पोर्चुगल
२०७७ चैत १४ शनिबार १०:२७:००
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

पत्रकार महासंघ युरोपकाे अध्यक्षमा परियार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, पोर्चुगल
२०७७ चैत १४ शनिबार १०:२७:००

नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत चयन भएका छन् । शाखाको चौथो अधिवेशन सप्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रको नीतिअनुसार शुक्रबार निर्वाचनको तालिका  तोकिएको थियो । शाखामा ५९ साधारण सदस्य छन् ।

कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जंगम खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवमा म्हेन्दो वाइबा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ रहेका छन् । 

यसैगरी, सदस्यमा वीरमान घर्ती, युवराज फुँयाल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल, अनिल पौडेल, भेषबहादुर सञ्जु  काउचा, रमेशराज बाँस्तोला, ल्हाक्पातेञ्जी शेर्पा र किशोर लिम्बू रहेका छन् ।