१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माइतीघरमा बसेर गृहमन्त्रीले भने– रेशम चौधरीलाई रिहा गर्न वार्ता टोली गठन गर्छौँ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१४:oo

गृहमन्त्री रामबहादुर थापाले रेशम चौधरीलाई रिहा गर्न वार्ता टोली गठन गर्ने बताएका छन् । रेशम चौधरी, लक्ष्मण थारूलगायतको मुद्दा खारेजीको माग राख्दै  थारू कल्याणकारिणी सभा, थारुहट–थारुवान संयुक्त संघर्ष समितिले माइतीघर मण्डलामा गरेको विरोध कार्यक्रममा सहभागी भएर गृहमन्त्री थापाले वार्ता टोली गठन गर्ने जानकारी दिएका हुन् । 

उनले आफू सरकारको तर्फबाट आन्दोलनमा उपस्थित भएको बताए । सरकार र जसपाबीच रेशम चौधरीको रिहाइ र सत्ता गठबन्धन गर्ने मुद्दामा केन्द्रित रहेर वार्ता हुँदै आएको छ । तर, सहमति जुटिसकेको छैन । 

पूर्वसांसद रुकमिणी चौधरीले धर्नाको पाँचौँ दिन गृहमन्त्री आएर मागहरूको सम्बन्धमा बुझ्नु सकारात्मक भएको बताइन् । उनले टीकापुर घटना राजनीतिक प्रकृतिको भएकाले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने, रेशम चौधरी, लक्ष्मण थारूलगायतमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्नेलगायतका १९बुँदे माग राखिएको बताइन् । उनले थारू कल्याणकारी सभा र थरुहट/थारूवान संयुक्त संघर्ष समितिको नाउँमा लिखित रूपमा नेपाल सरकारले पत्राचार गरे मात्रै वार्ता टोली गठन गरी संवादमा जाने बताइन् ।