मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ फाल्गुण २६ बुधबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७७ फाल्गुण २६ बुधबार १९:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपाल समूह वाम गठबन्धनकै सरकारको पक्षमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ फाल्गुण २६ बुधबार १९:२६:oo

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका बहुसंख्यक केन्द्रीय सदस्यले वाम गठबन्धनकै सरकारलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । नयाँ बानेश्वरस्थित अर्याल होटेलमा बुधबार सम्पन्न नेपाल समूहका केन्द्रीय सदस्यको भेलामा सहभागी बहुसंख्यक नेताले वाम गठबन्धनकै सरकारलाई टिकाउनुपर्ने सुझाब दिएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए । 

‘बहुसंख्यक साथीहरूले वामपन्थीहरूकै सरकार कायम राख्नुपर्छ, सकेसम्म सबै वामपन्थीहरूको साझा सरकार बनाउने सम्भावनामा ध्यान दिनुपर्छ भन्ने सुझाब दिनुभएको छ,’ पन्तले भने, ‘सर्वोच्च अदालतको फैसलापछिको नयाँ परिस्थितिमा पार्टीलाई संगठित, एकताबद्ध बनाउने कुरामा सचिवालयसहित विभिन्न कमिटीको बैठक बोलाएर अध्यक्ष र प्रधानमन्त्री केपी ओलीले नै भूमिका खेल्नुपर्छ ।’

उनले पार्टीपंक्तिलाई विगतको दुःखद प्रसंगहरूबाट संयमित, एकताबद्ध बनाएर तलसम्मका समग्र समस्या समाधानमा ढिलाइ गर्न नहुनेमा पनि केन्द्रीय सदस्यहरूले जोड दिएको जानकारी दिए ।