असन्तुष्टलाई सम्मानजनक व्यवहार गरिन्छ : नेम्वाङ (भिडियोसहित)

बुधबार, २६ फागुन, २०७७
डिजिटल संस्करण

एमाले नेता सुवास नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताएका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र)बीचको एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएकाले एमालेमा फर्कने सबैका लागि सम्मानजनक व्यवहार गरिने बताए । 

उनले जनता समाजवादी पार्टीसँग उसका मागका विषयमा छलफल भए पनि सत्तासाझेदारीबारे हाल कुरा नभएको प्रतिक्रिया दिए । सर्वोच्च अदालतको गत २३ फागुनको फैसलाबाट एमाले र माओवादी केन्द्रको एकता बदर गरी पूर्ववत् अवस्था कायम भएको थियो ।

सुझावित समाचार