मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण २२ शनिबार १६:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपा ओली समूहको संसदीय दलको बैठक सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण २२ शनिबार १६:२६:००

नेकपा ओली समूहको संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधिसभा बैठकको रणनीति तय गरेको बताइएको छ । 

ओली समूहले बैठकमा सहभागी हुन प्रचण्ड–माधव समूहका सांसद र एकता अभियान सञ्चालन गरिरहेका वामदेव गौतमलाई पनि निम्तो दिएको थियो । तर, उनीहरू सहभागी भएका छैनन् ।

यसअघि शुक्रबार नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक बसेको थियो । बैठकमा १११ (बहुमत) सांसद उपस्थित भएका थिए । बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको छ । 

गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधिसभा भंग गर्ने निर्णय असंवैधानिक भन्दै सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएको
छ ।