१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format o९:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोस्रो चरणको खोपका लागि काभ्रेमा एक सय १४ केन्द्र 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:o१:oo

दोस्रो चरणको कोरोना भाइरस (कोभिड–१९) खोप अभियानका लागि एक सय १४ खोप केन्द्र तोकिएको छ । फागुन २३ गतेबाट सञ्चालन हुने कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोपका लागि काभ्रे जिल्लाको विभिन्न एक सय १४ स्थानमा केन्द्र तोकिएको छ । यस चरणमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, विद्यालयका शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक, सहचालकलाई खोप दिने योजना रहेको छ । 

जिल्लाको स्थानीय तहअनुसार खोप केन्द्र तोकिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए । डा. झाले दिएको जानकारीअनुसार बनेपा नगरपालिकामा ८, धुलिखेल नगरपालिकामा ७, पनौती नगरपालिकामा ११, पाँचखाल नगरपालिकामा ७, नमोबुद्ध नगरपालिकामा ८, मण्डनदेउपुर नगरपालिकामा ९, भूम्लु गाँउपालिकामा १०, रोशी गाउँपालिकामा ७, बेथानचोक गाउँपालिकामा १६, तेमाल गाउँपालिकामा ८, महाभारत गाउँपालिकामा ७, खानीखोला गाउँपालिकामा ७ र चौरीदेउराली गाउँपालिकामा ९ वटा गरी जिल्लामा एक सय १४ वटा खोप केन्द्र रहेको छ ।

जिल्लामा २५ हजार ४ सय ७५ जना लक्षित संख्या रहेकोमा खोप दिने स्वास्थ्यकर्मीहरू दुई सय १० र ६ सय ३० स्वयंसेवक गरी ८ सय ४० जना जनशक्ति खटेको झाले जानकारी दिए । खोप लगाएपछि तत्कालीन केही समस्या देखिन सक्ने भन्दै विशेषज्ञसहितको टोली पनि खोप केन्द्रहरूमा तयारी अवस्थामा रहने डा. झाले जानकारी दिए । डाक्टरसहित एम्बुलेन्सको पनि व्यवस्था भएको उनको भनाइ छ । एम्बुलेन्स नभएको स्थानीय तहमा तयारी अवस्थामा गाडी रहने उनले जानकारी दिए ।