मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १८:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री पद ढोकामा आएको छ, तर कांग्रेसले झ्यालबाट चियाइरहेको छ : प्रवक्ता शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४७:oo

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले नयाँ सरकार गठनको विषयलाई झ्यालबाट चियाइरहेको बताएका छन् । बिहीबार साँझ देउवानिवास बुढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि प्रवक्ता शर्माले सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन् । ‘प्रधानमन्त्री पदले कांग्रेसको ढोका ढकढक्याइरहेको छ । तर, कांग्रेसले ढोका खोलेको छैन । कांग्रेसले झ्यालबाट च्याइरहेको छ । कांग्रेसले निर्णय लिएको छैन,’ उनले भने । 

प्रवक्ता शर्माले सरकार र नेत्रविक्रम चन्द नेतृत्वको विप्लव माओवादीका बीचमा भएको समझदारीलाई सकारात्मक रूपमा लिएको टिप्पणी गरे । ‘कांग्रेसले वार्ता समिति गठन हुनुलाई नै सकारात्मक भनेको थियो । तर, सरकारले मुलुकको प्रमुख प्रतिपक्षी दललाई समेत विश्वासमा लिने, छलफल गर्ने काम गरेन, यसबारेमा हामीले जे धारणा राखिरहेका छौँ, त्यो मिडियामा आएका कुराका आधारमा राखेका हौँ,’ प्रवक्ता शर्माले भने, ‘बहुलवादमा आधारित संघीय संसदीय लोकतान्त्रिक गणतन्त्रको परिधिभित्रबाट मात्रै समाधानमा पुग्नुपर्ने हुन्छ ।’

शर्माले सरकारले विगतमा कांग्रेसले १० वर्षे हिंसात्मक द्वन्द्वलाई सबैको सहकार्यमा विश्वासमा लिएर समाधान गरेको कुराबाट सिक्न नसकेको टिप्पणी गरे । बैठकमा संसद्को पुनर्स्थापनापछि राष्ट्रिय राजनीति, कांग्रेसको भूमिकालगायत विषयहरूमा छलफल भइरहेको प्रवक्ता शर्माले जानकारी दिए ।