मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १० सोमबार १८:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धर्मेन्द्र बाँस्तोला अदालतको गेटबाटै पुनः पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १० सोमबार १८:२३:००

सरकारसँग वार्ताको कुरा चलिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पुनः पक्राउ गरेको छ । बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिहाइको आदेश दिए पनि प्रहरीले पुनः पक्राउ गरेको हो ।

बाँस्तोलालाई रिहाइ गर्ने आदेश दिएलगत्तै सर्वोच्च अदालतको गेटबाटै प्रहरीले पक्राउ गरेको हो । नेकपाको पश्चिम कमान्ड इञ्चार्ज रहेका बाँस्तोलाका तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटमा न्यायाधीशद्वय मीरा खड्का र सुष्मलता माथेमाको संयुक्त इजलासले सुनुवाइ गर्दै बाँस्तोलालाई फरक आस्था र विचार राखेका कारण थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानुनी थुनाबाट मुक्त गरिदिन आदेश दिएको हो ।

बाँस्तोलासहित चारजनालाई गत पुस २९ मा ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो ।