१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format o९:५१:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रदेश प्रमुख झाद्वारा पदबहाली : स्वागतमा गएनन् मुख्यमन्त्री र मन्त्री

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format o९:५१:oo

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झाले पदबहाली गरेका छन् । आइतबार जनकपुरधामस्थित प्रदेश प्रमुख कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । आइतबार दिउँसो सवा ४ बजे उनी बुद्ध एयरको विमानबाट जनकपुर आएका थिए ।

प्रदेश प्रमुख झाको स्वागतमा प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत तथा मन्त्रीहरू कोही पनि गएनन् । विनाकारण प्रदेश प्रमुखबाट तिलक परियारलाई हटाएर झालाई नियुक्त गरिएकोमा प्रदेश सरकारले असन्तुष्टि जनाएको छ । सोहीकारण उनको स्वागतमा औपचारिकता पूरा गर्न प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाह मात्र विमानस्थल पुगेका थिए । उनले विमानस्थलको भिआइपी कक्षमा स्वागत गरेका थिए ।

यसअघिका प्रदेश प्रमुख परियार जनकपुर आउँदा मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरू तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका नेता विमानस्थलमा प्लेन होल्ड गरिने स्थानमै पुगेर फूलमालाले स्वागत गरेका थिए । राज्यमन्त्री कुशवाहले प्रदेश सरकारले आफूलाई प्रदेश प्रमुख झालाई स्वागत गर्न पठाएको जानकारी दिए । उनले मुख्यमन्त्री तथा मन्त्रीहरूको व्यस्तताका कारण आफू स्वागत गर्न आएको बताए । 

प्रदेश प्रमुख झालाई स्वागत गर्न नेकपा ओली समूहका कार्यकर्ता मोटरसाइकल र्‍यालीसहित विमानस्थल पुगेका थिए । ओली समूहका युवा संघका उपाध्यक्ष सञ्जीव झाको नेतृत्वमा विमानस्थल पुगेका युवाहरूले प्रदेश प्रमुख झालाई एक सय एक किलोको माला लगाएर स्वागत गरे । 

प्रदेश सरकार असन्तुष्ट
कुनै कारणविना पहिलेका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गरिनु प्रतिगमन र निरंकुश चरित्र प्रदर्शन गरेको भन्दै प्रदेश सरकारले असन्तुष्टि जनाएको छ । ‘संघीय सरकारको यो कार्यलाई प्रदेश २ सरकार भत्र्सना गर्छ, अब बस्ने प्रदेश मन्त्रिपरिषद्को बैठकमा नवनियुक्त प्रदेश प्रमुखलाई बहिष्कार गर्ने वा अन्य कुनै विरोधका कार्यक्रम हुने विषयमा निर्णय हुन्छ,’ प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले भने ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार मधेसविरोधी पहिलादेखि नै रहेकोमा अहिले दलित समुदायका प्रदेश प्रमुखलाई हटाएर अन्यलाई नियुक्त गरेर दलितविरोधी कार्य गरेको मन्त्री यादवको आरोप छ । ‘वर्षौँदेखि पिछडिएको समुदायलाई हरेक क्षेत्रमा सहभागी गराउँदै हामी अगाडि बढिरहेका छौँ, तर त्यही समुदायबाट आएका प्रमुखलाई विनाकारण हटाएर समग्र प्रदेशवासीलाई मर्माहत बनाइएको छ,’ उनले भने ।

विगतमा संघीयताको विरोध गर्ने व्यक्तिलाई प्रदेश प्रमुख बनाएर प्रधानमन्त्री ओली संघीयता समाप्त गर्ने दिशामा अघि बढेको उनले बताए । ठगी मुद्दामा सजाय भोगेका व्यक्तिलाई प्रदेश प्रमुख बनाएर ओलीले राजनीतिलाई अपराधीकरण बनाउन खोजेको मन्त्री यादवको भनाइ छ ।