मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७७ फाल्गुण ६ बिहीबार ०९:५१:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

किशोर–किशोरीको मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७७ फाल्गुण ६ बिहीबार ०९:५१:००

किशोरावस्थामा शारीरिक र मानसिक स्वास्थ्यमा तीव्र परिवर्तन आउने हुँदा उनीहरूको मुड धेरै समय एकनासको हुँदैन । मुड अस्थिर हुने हुँदा सही निर्णय लिन नसक्ने, ध्यानकेन्द्रित नहुने, सजिलै विश्वास गर्ने आदिजस्ता व्यवहार देखाउने गर्छन् । यस्तो अवस्थामा अभिभावकले उनीहरूको स्वास्थ्यबारे विशेष ख्याल गर्नुपर्ने हुन्छ । 

भावना बाँड्न प्रोत्साहन गर्ने
सामान्य विषयमा पनि गम्भीर प्रभाव पर्ने हुँदा किशोर–किशोरीहरू दैनिक हुने सामान्य क्रियाकलापबाट समेत निकै प्रभावित भइरहेका हुन्छन् । उनीहरूलाई सामान्य महसुस गराउन अभिभावकले कुरा गर्ने, समस्या सुन्ने, सल्लाह दिने गर्नुपर्छ । यो अवस्थामा व्यक्तिको अवधारणा विकसित हुने हुँदा अभिभावकको सल्लाह निकै आवश्यक हुन्छ ।

उनीहरूलाई साथीजस्तो महसुस गराउन आवश्यक छ, जस्तो अवस्थामा पनि आफूले साथ दिने कुरा विश्वास दिलाउनुपर्छ । किशोरावस्थामा धेरै गल्ती दोहोरिरहेका हुन सक्छन्, जुन अभिभावकलाई मन नपर्न सक्छ, तर उनीहरूको मानसिक अवस्था बुझेर सल्लाह र सहयोग दिनु बढी महत्वपूर्ण हुन सक्छ । 

समय दिनुहोस्
किशोर–किशोरीले यो अवस्थामा अभिभावकहरूसँगै रहे हुन्थ्यो भन्ने ठान्छन् । यसकारण उनीहरूका लागि प्रशस्त समय दिन आवश्यक छ । जस्तै– उनीहरूलाई भान्सामा सहयोग गर्न लगाउनुहोस्, ता कि समय बिताउन सकियोस् । यस्तै, गृहकार्य गर्दा वा अन्य काममा आपूmसँगै सहभागी गराउँदा उनीहरूको कुरा सुन्ने उपयुक्त समय मिल्न सक्छ । किशोरावस्था भनेको स्वतन्त्रता पनि हो, तसर्थ उनीहरूलाई उचित समय र ठाउँ पनि दिनुहोस् । तर, व्यवहारमा भने ध्यान दिन जरुरी छ । 

समस्या समाधानमा सहयोग
उमेर, ज्ञान र भोगाइका कारण वयस्क र किशोरावस्थाको विचार फरक हुने गर्छ, अर्थात् उनीहरूको सोच्ने तरिका पनि अभिभावकभन्दा निकै फरक हुन्छ । तर, उनीहरूको कुरा शान्त भएर सुन्नुपर्छ । कुनै पनि समस्याका विषयमा कुरा गर्दा सामान्य तरिकाले सम्झाउनुपर्छ । सामान्यतया हरेक व्यक्तिमा तनाव हुने हुँदा उनीहरूको कुरालाई प्राथमिकतामा राखेर राम्ररी सम्झाउनुपर्छ । अभिभावकको प्रतिक्रियाले उनीहरूको धारणामा निकै ठूलो प्रभाव पार्ने हुँदा सजग हुन आवश्यक छ । 

सेल्फ केयर 
किशोर–किशोरीले आफ्नो हेरचाह आफैँले गर्नुपर्ने हुन्छ । सामान्य समस्या आफैँले समाधान गर्ने बानीले भविष्यमा आत्मनिर्भर बनाउँदै लान्छ । सेल्फ केयर महत्वपूर्ण रहेको अभिभावकले बुझाउन सक्नुपर्छ । निर्णय लिने, काम गर्ने, सम्बन्ध वा अन्य विषयमा उनीहरू स्वयंलाई सोच्न दिनुपर्छ ।

उनीहरूको भावना र भोगाइ सुन्न सकिन्छ, जसले उनीहरूमा बिस्तारै समस्या समाधानको सीप विकास हुँदै जान्छ । अभिभावकले स्वतन्त्रतासँगै आत्मनिर्भर बन्न हौसला दिन सके किशोरावस्थामा शारीरिक र मानसिक विकास सहज हुने गर्छ । 
 एजेन्सीको सहयोगमा