सिरियामा भएको हवाई हमलामा परी ७० जना हताहत

२०७५ माघ २९ मंगलबार १८:३९:००

सिरियाको पूर्वी क्षेत्रमा भएको हवाई आक्रमणमा परी मृत्यु र घाइते हुनेको संख्या करिब ७० पुगेको छ । उक्त हमला अमेरिकी सेनाले गरेको राज्यद्धारा सञ्चालित टेलिभिजनले उल्लेख गरेको छ।

पूर्वी ग्रामीण क्षेत्र डेइर अल जौरमा विस्थापित व्यक्तिहरुलाई लक्षित गरी हवाई आक्रमण भएको बताइएको छ । घटनास्थल इस्लामिक स्टेट्स आइएस लडाकूहरुको प्रभाव रहेको क्षेत्र मानिन्छ। अमेरिका नेतृत्वको सिरियाली डेमोक्र्याटीक फोर्स एसडीएफले गत शनिबारदेखि आइएस लडाकू विरुद्धको अन्तिम कारबाही भन्दै आक्रमण सुरु गरेको थियो । घटना भएको क्षेत्रमा झण्डै २० हजार जना विस्थापितहरु आएर बसेका बताइएको छ । रासस

प्रतिकृया दिनुहोस