मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७७ माघ २३ शुक्रबार ०८:५४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कोरोना पुनः संक्रमण : जोखिममा को ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७७ माघ २३ शुक्रबार ०८:५४:००

एकपटक कोरोना भाइरस (कोभिड–१९) संक्रमण भइसकेका व्यक्तिमा पुनः संक्रमण हुने सम्भावना रहन्छ । तर एकदमै कम प्रतिशत मात्रै पुनः संक्रमित हुने अध्ययनहरूले देखाएका छन् । संक्रमणबाट शरीरमा परेको प्रभाव प्रतिरोधी क्षमताले समयमै व्यवस्थापन गर्न नसक्दा वा अन्य गम्भीर समस्या निम्तिए पटकपटक संक्रमण हुने सम्भावना रहन्छ ।

सामान्यतः शरीरमा प्रतिरोधी क्षमता कमजोर हुँदा एन्टिबडी उत्पादनमा पनि प्रत्यक्ष प्रभाव पर्छ । कोभिड देखिएका अधिकांशमा पोस्ट कोभिड सिन्ड्रोम देखिएकाले समेत दोस्रोपटक संक्रमण जोसुकैमा पनि हुने सम्भावना प्रवल रहन्छ । सामान्य लक्षण देखिएर निको भएका व्यक्तिमा दोस्रोपटक संक्रमण हुने जोखिम अझै बढी हुन्छ ।

साथै म्युटेट भएर आएको नयाँ भाइरस थप चिन्ताको विषय बनेको छ । गत दुई महिनादेखि तीव्र रूपमा फैलिइरहेको नयाँ कोभिड संक्रमणका कारण विश्वमा संक्रमणको दोस्रो लहर फैलिने अनुमान गरिन्छ । एक नयाँ अध्ययनका अनुसार, कोभिड–१९ संक्रमण भएर बिरामी परेका व्यक्तिहरू नयाँ कोभिड संक्रमणको उच्च जोखिममा छन् ।

यसकारण पुनः संक्रमणको जोखिम 
क्लिनिकल प्रमाणहरूका अनुसार, भाइरस शरीरमा एकपटक प्रवेश गरिसकेपछि लामो समयसम्म रहन्छन् । शरीरमा भाइरसको प्रभाव घट्दै गएपछि लक्षणहरू निको भए पनि भाइरसको अंश शरीरमा रहिरहन्छ । प्रतिरोधी क्षमता कमजोर भएमा वा शरीरमा एन्टिबडीको सक्रियता घट्दै जाँदा पुनः संक्रमण हुने जोखिम रहन्छ । जुन शरीरमा एन्टिबडीको सक्रियतामा निर्भर गर्छ ।

सामान्यतः शरीरमा भाइरसविरुद्ध एन्टिबडी उत्पादन भइसकेपछि भविष्यमा संक्रमणबाट बचाउने काम गर्छ । तर, कोभिडविरुद्धको एन्टिबडी शरीरमा कति समयका लागि प्रभावकारी हुन्छ भन्ने यकिन तथ्य छैन । हालसम्मका केही अध्ययनअनुसार संक्रमितमा एन्डिबडीले ३ देखि ६ महिनासम्म काम गर्छ, जुन व्यक्तिको स्वास्थ्य अवस्थाअनुसार फरक हुने गर्छ । योसँगै भाइरसले शरीरमा पारेको प्रभावमा एन्टिबडीको प्रभावकारिता फरक हुन सक्छ । 

अध्ययनअनुसार दीर्घरोगी जस्तै डायबेटिज, क्यान्सरका बिरामीमा कोभिडविरुद्धको एन्टिबडीको सक्रियता फरक रहन्छ । दोस्रोपटक संक्रमण हुनुको मुख्य कारण नै कमजोर इम्युनिटी हो । अन्य रोगको प्रभावका कारण शरीरमा एन्टिबडी कमजोर रहन्छ, जसले गर्दा पुनः संक्रमण हुने सम्भावना रहन्छ । बेलायत, अमेरिका, रुसलगायतका देशमा भ्याक्सिनेसन सुरु भएसँगै एन्टिबडी उत्पादन बलियो हुने आशा गरिएको छ । तर, भ्याक्सिन कति समयसम्म प्रभावकारी हुन्छ भन्ने तथ्य भने सार्वजनिक भइसकेको छैन । 
 एजेन्सीको सहयोगमा