मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असोज २ बिहीबार १३:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा भएका प्रेस स्वतन्त्रता हननप्रति पत्रकार महासंघको आपत्ति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार १३:o५:oo

जेन–जी आन्दोलनका क्रममा भएका प्रेस स्वतन्त्रता हननप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। भदौ २४ गते महाराजगन्ज चोकमा आन्दोलनकारीबाट प्राइम टेलिभिजनको भ्यानमा आगजनी तथा सोही दिन नै महासंघ हिमालय टाइम्स शाखा सदस्य सन्तोष अर्यालको कार सिंहदरबारमा पार्किङ गरिराखेको अवस्थामा आगजनी भएको भन्दै महासंघले घटनाको भर्त्सना गरेको छ।

त्यस्तै, भदौ २४ गते  नै बारास्थित एपीखबर डटकमका सम्पादक अनिलकुमार तिवारीमाथि आक्रमण र ल्यापटप तोडफोड भएको घटनाप्रति पनि महासंघले निन्दा गरेको छ । 

महासचिव रामप्रसाद दाहालले बिहीबार विज्ञप्ति जारी गरेर प्रेसविरोधी घटनाको निन्दा र भर्त्सना गरेका छन्। उनले प्रेस स्तन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षसँग पुनः आग्रह गरे ।  घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न महासंघले स्थानीय प्रशासनसँग माग गरेको छ।