मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 01 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:o१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

श्रमिकको स्वास्थ्य परीक्षण गर्ने १० स्वास्थ्य संस्था खारेज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:o१:oo

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने १० स्वास्थ्य संस्थालाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खारेज गरेको छ । पुस मसान्तभित्र नवीकरणका लागि निवेदन नदिएका स्वास्थ्य संस्थालाई खारेज गरिएको मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले बताए । 

कामदारको स्वास्थ्य परीक्षण गर्ने गरी श्रम मन्त्रालयमा सूचीकृत भएका संस्थाहरूको वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४५ अनुसार प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था छ । यस्ता संस्थाहरूले प्रत्येक आवको पुस मसान्तभित्र नवीकरणका लागि निवेदन दिनुपर्छ ।

कुनै कारणवश सो अवधिमा निवेदन दिन नसकेमा कारण खुलाई १५ दिनभित्र नवीकरणका लागि निवेदन दिन सक्ने व्यवस्था छ । तर, सो अवधिमा पनि निवेदन नदिएको साथै सो संस्थाहरूले पेस गरेको सफाइसमेत सन्तोषजनक नभएको भन्दै मन्त्रालयको मन्त्रीस्तरीय बैठकले संस्थाहरू खारेजीको निर्णय गरेको हो । नवीकरणका लागि संस्थाहरूले ५ हजार दस्तुर, गत आवको करचुक्ता प्रमाणपत्र, लेखापरीक्षण प्रतिवेदन, स्वास्थ्य परीक्षण गरेको गत आवको वार्षिक प्रतिवेदनसमेत निवदेनका साथ बुझाउनुपर्नेछ । 

 धरौटी रकम फिर्ता लैजान मन्त्रालयको आग्रह
श्रम मन्त्रालयको सूचीकरणबाट खारेज भएका १० स्वास्थ्य संस्थालाई धरौटी रकम फिर्ता लैजान आग्रह गरेको छ । स्वास्थ्य संस्थाहरूले ५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ । वैदेशिक रोजगार नियमावलीअनुसार यस्ता स्वास्थ्य संस्थाले ३ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था थियो । तर, नियमावलीको पाँचाैँ संशोधनले स्वास्थ्य संस्थाले २ लाख रुपैयाँ धरौटी रकम थप गर्नुपर्ने व्यवस्था गरेको छ ।

यसरी थप गरिएको धरौटी रकम जम्मा नगर्ने तीन दर्जन स्वास्थ्य संस्थाको यसअघि मन्त्रालयले लाइसेन्स खारेज गरेको थियो । नेपालबाट मलेसिया तथा खाडी मुलुक जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि २ सय २५ वटा स्वास्थ्य संस्थाले मन्त्रालयबाट अनुमति पाएका छन् । जसमध्ये १० वटा संस्था खारेजीमा परेका हुन् । 

खारेज भएका  दश स्वास्थ्य संस्था
श्रम मन्त्रालयले खारेज गरेका स्वास्थ्य संस्थामा महाराजगन्जस्थित सुधा हेल्थ एन्ड मेडिकल सेन्टर, त्रिपुरेश्वरस्थित साउदी नेपाल मेडिकल सेन्टर, जनकपुरमा रहेको अनुरोध पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, झापाको गोदावरी डायग्नोस्टिक सेन्टर रहेको छ । त्यसैगरी, रानीबारी काठमाडौंस्थित पर्फेक्ट डायग्नोस्टिक सेन्टर, महाराजगन्जस्थित मेट्रो काठमाडौं अस्पताल, ललितपुर जावलाखेलस्थित अल्का अस्पताल, सातदोबाटोस्थित अल्का पोलिक्लिनिक, काठमाडाैं पिंगलास्थानस्थित रिलाएबल मेडिकल सेन्टर र झापास्थित कन्काई डायग्नोस्टिक सेन्टर रहेका छन् ।