मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Friday, 01 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १६ शुक्रबार o९:१५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स सदाबहार योजनाको इकाइ बाँडफाँट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार o९:१५:oo

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत १३ देखि २७ असारसम्म निष्कासन भएको सिटिजन्स सदाबहादर योजनाको इकाइ बिहीबार बाँडफाँट गरिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको उक्त योजनाको इकाइ बिहीबार बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।

योजना बिक्री अवधिभर मागभन्दा बढी इकाइका लागि आवेदन प्राप्त भएको थियो । क्यापिटलका अनुसार खुलामुखी यस योजनामा निष्कासन अवधिभित्र आवश्यकभन्दा बढी संख्यामा इकाइको माग प्राप्त भई नेपालकै पहिलो २५ प्रतिशतले ओभर सब्सक्राइब भएको खुलामुखी म्युचुअल फन्ड बन्न सफल भएको छ ।

सिटिजन्स क्यापिटलले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फन्डमा निरन्तर नयाँ आयाम थप्दै ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।