मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १५ बिहीबार १७:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माला र खादा नलगाउन कार्यकर्तालाई डा. कोइरालाको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १५ बिहीबार १७:३७:००

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यक्रमहरूमा स्वागतस्वरूप माला र खादा लगाइदिने तथा फूल दिने काम नगर्न आग्रह गरेका छन् । ‘कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै संक्रमणको जोखिमकै बीचमा पार्टीका गतिविधिहरू भइरहेकाले सबैले अनिवार्य मास्क लगाउन आग्रह गर्दछु,’ डा. कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् । 

महाधिवेशनको तयारी र अन्य राजनीतिक उतारचढावका कारण कोइरालाको जिल्ला दौडाहा कायम छ । कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा पुनः तीनदिने विरोधका कार्यक्रम घोषणा गर्दै कार्यकर्तालाई सडक प्रदर्शनका लागि आग्रह गरेको छ । 

‘पार्टीका कार्यक्रममा सबैले अनिवार्य रूपमा मास्क लगाउन तथा स्वागतस्वरूप माला एवं खादा लगाइदिने र फूल दिने काम बन्द गर्न पार्टीका सबै तहका साथीहरूमा आग्रह गर्दछु,’ डा. कोइरालाले भनेका छन् । 

गत मंगलबार बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले १९ माघमा भ्रातृ संस्था, २४ माघमा शुभेच्छुक संस्था र ३ फागुनमा जिल्ला कार्यसमितिहरूले ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभाको कार्यक्रम गर्न निर्देशन गरेको छ ।