मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
तस्बिरः लोकेन्द्र चन्द 
Invalid date format १६:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्यांकर दुर्घटना हुँदा चालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५६:oo

तेल बोक्ने ट्यांकर दुर्घटना हुँदा रोल्पामा एकजनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका– १, भदौरे घुम्तीमा तेल लिएर लिबाङ आउँदै गरेको ना.४ख २२५७ नम्बरको ट्यांकर दुर्घटना हुँदा नेपालगन्ज घर भएका ४५ वर्षीय चालक हरभजन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

दुर्घटनालगत्तै रोल्पा अस्पताल रेउघा लैजाँदै गर्दा सिंहको बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी सहचालक रुपैडियाका १९ वर्षीय सुनिल शंकर सामान्य घाइते भएका छन् । नेपालगन्ज डिपोबाट तेल बोकेर जलजला पेट्रोल पम्प रेउघाका लागि आउँदै गर्दा घुम्तीमा पल्टिएर अर्को घुम्तीमा पुगेको प्रहरीले बताएको छ ।