
रातिदेखि अवरुद्ध बिपी राजमार्ग एकतर्फी खुलेको छ । पहिरो र लेदोका कारण राजमार्ग तीन स्थानमा अवरुद्ध भएको थियो ।
काभ्रेको रोशी गाउँपालिका– ११, माम्तीस्थित सडक, रोशी– ९ स्थित खहरे खोलाछेउकाे सडक र सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको थियो ।