मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १५ बिहीबार ०६:५४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पेटेन्ट डिजाइन दर्ता अत्यन्त न्यून

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १५ बिहीबार ०६:५४:००

नेपालमा अत्यन्त न्यून पेटेन्ट डिजाइन ट्रेडमार्क दर्ता हुने गरेको बौद्धिक सम्पत्ति संरक्षण समाजका महासचिव बिसुकुमार केसीले बताएका छन् ।  बौद्धिक सम्पत्ति संरक्षण समाज र रामलक्ष्मण इनोभेसन्सको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा उनले विश्व बजारको तुलनामा नेपालमा ज्यादै कम पेटेन्ट डिजाइन ट्रेडमार्क आदि दर्ता हुने गरेको तथ्यांक पेस 
गरेका हुन् । 

कार्यक्रममा रामलक्ष्मण इनोभेसन्सका रामप्रसाद रिमालले पेटेन्टको व्यावसायिक प्रयोगबारे जानकारी दिएका थिए । त्यस्तै, नेपालमा पेटेन्ट दर्ताको अवस्था र सुधार विषयमा उद्योग विभाग औद्योगिक सम्पत्ति शाखाकी निर्देशक बिन्दा आचार्यले बताएकी थिइन् ।

कार्यपत्रमा उनले हालसम्मका पेटेन्ट आवेदन ७ सय ६३ वटा परेका भए तापनि ७६ मात्र प्रदान (दर्ता) गर्न सकिएको बताइन् । रीतपूर्वकका निवेदन नपर्नु, आवश्यक कागजात पेस नहुनु, ऐन समयमा परिमार्जन नहुनु, निर्देशिका कार्यविधि नहुनु, स्रोत–साधन र दक्ष जनशक्ति नहुनुलगायतका कारण पेटेन्ट दर्ता कम भएको उनको भनाइ थियो ।

 बौद्धिक सम्पत्ति संरक्षण समाजका संस्थापक अध्यक्ष भरत थापाले ७ सयभन्दा बढी निवेदन दर्ता भएको कुरा सकारात्मक भएको बताए । उनले आवश्यक कार्यविधि यथाशक्य छिटो तयार पारी प्राप्त निवेदनहरू फस्र्योट गर्न सुझाब दिए । 

उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले पेटेन्ट डिजाइन ट्रेडमार्कको क्षेत्रका प्रक्रियागत समस्याहरू समाधान गर्न गठित समितिबाट प्राप्त प्रतिवेदन कार्यान्वयन चरणमा रहेको जानकारी दिए ।