मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २८ शनिबार
  • Saturday, 13 September, 2025
२o८२ भदौ २८ शनिबार o९:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कारागार तथा बाल सुधार गृहबाट भागेका तीनजना सिरहाबाट पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २८ शनिबार o९:४२:oo

जेन– जी आन्दोलनको मौका छोपेर मंगलबार कारागार  र बालसुधार गृहबाट भागेका तीन जनालाई सिरहा प्रहरीले नेपाल भारतको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आन्दोलनको क्रममा महोत्तरीको जलेश्वरस्थित कारागार र पर्साको बिर्तास्थित बाल सुधारबाट भागेका गरी तीन जनालाई शुक्रबार साँझ नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । लागुऔषध तथा हातहतियार खरखजाना मुद्दाअन्तर्गत जलेश्वर कारागारमा पुर्पक्षमा रहेका २६ वर्षीय रुपेशकुमार बैदार फरार भएको अवस्थामा पक्राउ गरिएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्रकुमार पासवानले जानकारी दिए ।  

उनका अनुसार पर्साको बिर्तास्थित बाल सुधारबाट फरार भएका बाल बिज्याइकर्ताहरु जबर्जस्ती करणी मुद्दाका १४ वर्षीय मो सद्दाम अन्सारी र कर्तव्य ज्यान मुद्दाका १५ वर्षीय मो. सहमद नदाफलाई पक्राउ गरी जिल्ला प्रहरीमार्फत सम्बन्धित कारागार र बालसुधार गृहमा पठाउन समन्वय भइरहेको छ।