
एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता खेल्न ताजकिस्तान पुगेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । बुधबार राति नै दुबई ट्रान्जिट हुँदै काठमाडौं फर्कने तालिका थियो ।
तर, दुबई विमानस्थलमा नेपाल फर्कने यात्रीको चाप अत्यधिक रहेकाले ‘फ्लाई दुबई’ एयरलाइन्सले टोलीको हवाई उडान ‘रि–सेड्युल’ गर्यो । जसका कारण टोलीले सास्ती भोग्नुपरेको थियो । बुधबार उडान स्थगित भएसँगै टोली रातभर विमानस्थलमा बस्न बाध्य भयो ।
ताजकिस्तानको राजधानी दुसान्बेका कुनै पनि होटेल खाली नभएका कारण यो परिस्थिति सिर्जना भएको हो । समूह ‘के’मा रहेको नेपाली टोलीले सबै खेलमा हार व्यहोरेको थियो ।