Skip This
कर्णालीमा कोरोनाविरुद्धको खोप सुरु, डा. केसीले लगाए पहिलो खोप
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ माघ १४ बुधबार
  • Tuesday, 16 September, 2025
रमेश रावल वीरेन्द्रनगर
२o७७ माघ १४ बुधबार ११:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीमा कोरोनाविरुद्धको खोप सुरु, डा. केसीले लगाए पहिलो खोप

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७७ माघ १४ बुधबार ११:४o:oo

कर्णालीका नौ जिल्लामा कोरोना रोगविरुद्धको खोप लगाउन सुरु भएको छ ।  कर्णालीको डोल्पा जिल्लामा केही समयपछि कोरोनाविरुद्ध खोप लगाउन सुरु हुने र अन्य नौ जिल्लामा बुधबार १० बजे नै खोप लगाउन सुरु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले जानकारी दिए । 

पहिलो चरणको खोप प्रदेश अस्पताल कालागाउँ सुर्खेतका कोरोना फोकलपर्सन डा. नवराज केसीले लगाएको निर्देशक डा. खड्कालले बताए । कर्णालीमा पहिलो चरणको खोपका लागि २६ हजार डोज आइपुगेको थियो ।

सुर्खेतमा दुई हजार सात सय ८१, दैलेखमा दुई हजार, जुम्लामा एक हजार सात सय दुई, जाजरकोटमा एक हजार एक सय ४५, सल्यानमा एक हजार एक सय २३, कालिकोटमा एक हजार २०, मुगुमा पाँच सय ४७, डोल्पामा पाँच सय ११, रुकुमपश्चिम पाँच सय  र हुम्लामा चार सय ५० जनालाई पहिलो चरणमा खोप लगाउन सुरु भएको हो ।