मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ८ बिहीबार १९:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल भर्चुअल कलेज फेयर सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ८ बिहीबार १९:०९:००

नेपालमा स्नातक तहमा अध्ययन गर्ने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी भर्चुअल कलेज फेयर सुरु भएको छ । ‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने नाराका साथ बिहीबारबाट सुरु भएको फेयर १२ माघसम्म सञ्चालन हुनेछ । 

भिजन मिडिया इन्कर्पोरेसन र एजुकेसन डटकमको मुख्य आयोजनामा फेयर सुरु भएको हो । नेपालकलेज डटकममार्फत विद्यार्थीले ३० कलेजको निःशुल्क परामर्श लिन सक्ने प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोलेले बताए । 

विद्यार्थीले भौतिक रूपमा कलेज भिजिट नगरे पनि भर्चुअल भिजिटबाट कलेजका कक्षाकोठा, ल्याब, क्यान्टिन भिजिट गर्न सक्ने बताए । फेयरको टाइटल स्पोन्सर आइआइएमएस कलेज रहेको छ । फेयरमा देशका चर्चित र सफल व्यक्तिहरूको सहभागिता हुनेछ । 

भर्चुअल फेयरको पहिलो दिनमा उत्साहजनक सहभागिता देखिएको आयोजकको भनाइ छ । बिहीबार साँझसम्म १० हजारले नेपाल कलेजफेयर डटकममार्फत भिजिट गरिसकेको लामाले बताए । 

फेयरमा त्रिभुवन, काठमाडौं, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट सम्बन्धन पाएका कलेजहरूबाट समेत निःशुल्क परामर्श पाइने आयोजकको भनाइ छ । बिबिए, एमबिए, बिआइटी, बिएचएम, बिबिएस, बिएचटिएम, बिएसडब्ल्यू, बिबिएस, बिएस्सी सिएसआइटी, बिडेभ्सलगायतका कोर्स पढ्न चाहने विद्यार्थीले यो फेयरबाट प्रत्यक्ष फाइदा लिन सक्नेछन् । 

प्रमुख कार्यकारी निर्देशक लामाले फेयरमा सहभागी हुने विद्यार्थीलाई छात्रवृत्तिको समेत व्यवस्था भएको बताए । भर्चुअल फेयरमा भिटिज गरेर रजिस्टर गर्ने विद्यार्थीको परीक्षा लिएर छात्रवृत्ति उपलब्ध गराउने बताए । परीक्षा लिएर विभिन्न कलेजमा ५० जनालाई पूर्ण छात्रवृत्ति र एक सयजनाले आंशिक छात्रवृत्ति पाउने उनको भनाइ छ ।