मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ माघ ६ मंगलबार १४:३२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

महामारी घोषणा गर्न ढिला गरेको भन्दै डब्ल्युएचओको आलोचना

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ माघ ६ मंगलबार १४:३२:००

महामारीको विश्वव्यापी व्यवस्थापनबारे समीक्षा गरिरहेको एक स्वतन्त्र प्यानलले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोभिड महामारी घोषणा गर्न ढिलाइ गरेको भन्दै आलोचना गरेको छ । चिनियाँ अधिकारीहरू जनवरीमा नै कोभिडविरुद्ध बलपूर्वक लागिसक्दा पनि विश्व स्वास्थ्य संगठनले भने त्यस समयमा ध्यान नदिएको प्यानलको गुनासो गरेको छ । 

न्युजिल्याण्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्क र लाइबेरीयाका पूर्वराष्ट्रपति इलेन जोनसोनको नेतृत्वमा रहेको सो प्यानलले विश्वव्यापी महामारी सचेत उद्देश्यका लागि उपयुक्त नभएको र विश्व स्वास्थ्य संगठनले यसबारे ध्यान दिनुपर्ने बताएको छ । चीनको वुहान सहरमा कोभिड भाइरस सन् २०१९ को अन्तिममा देखिएको थियो । चीनबाट भाइरस बाहिरिनुभन्दा पहिले नै दुई लाखभन्दा बढी जनसंख्या र अर्थतन्त्रमा यसले असर गरिसकेको चिनियाँ अधिकारीले बताएका छन् । 

विज्ञहरूको प्यानलले वुहानमा पहिलेदेखि नै भाइरस फैलिए पनि चिनियाँ सरकारले समयमै उपचार र मेडिकल सेवा उपलब्ध गर्न नसकेको समेत दाबी गरेको छ । तर, डब्ल्युएचओले २२ जनवरीसम्म पनि भाइरसलाई विश्वव्यापी महामारी घोषणा नगर्दा आपतकालीन स्वास्थ्य सेवा दिन नसकेको स्पस्ट रूपमा बताएको छ । प्यानलले सार्वजनिक गरेको रिपोर्टमा जनवरीको तेस्रो सातासम्म महामारीप्रति कुनै एक्सन नलिएको, यकिन तथ्य नदिएकोलगायत आरोप छ । अप्रिल महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले राम्रोसँग काम गर्न नसकेको र ‘चिनियाँ भाइरस’बारे सत्य जानकारी नदिएको भन्दै कडा आलोचना गरेका थिए । 

हाल विश्व स्वास्थ्य संगठन र चिनियाँ वैज्ञानिकहरूको प्यानलले वुहानमा भाइरस उत्पत्तिबारे अनुसन्धान गरिरहेको छ ।