१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
एजेन्सी
२o८१ बैशाख २५ मंगलबार १३:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
फिचर

कोभिडविरुद्धको भ्याक्सिन लगाए पनि अस्ट्रेलियाले सन् २०२१ मा सिमानाका नखोल्ने 

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १३:४९:oo

सबैजसो नागरिकले कोभिडविरुद्धको भ्याक्सिन लगाइसकेपछि पनि अस्ट्रेलियाले सन् २०२१ भर अन्तर्राष्ट्रिय सिमानाका पूर्ण रूपमा नखोल्ने जनाएको छ । कोरोना भाइरसबाट आफ्ना नागरिकलाई जोगाउन अस्ट्रेलियाले यस्तो योजना अघि सारेको हो । 

यसैबीच यहाँका स्वास्थ्य विभागका प्रमुखले सोमबार अस्ट्रेलियामा कोरोना भाइरसका कुनै पनि नयाँ केस नदेखिएको बताएका छन् । अस्ट्रेलियाले आगामी महिनादेखि कोभिडविरुद्ध फाइजर भ्याक्सिन लगाउने तयारी गरेको छ । तर, नर्वेका केही वृद्धवृद्धामा भ्याक्सिन लगाएपछि साइटइफेक्ट देखिएको बताएपछि अन्योल बढेको जनाएको छ । अस्ट्रेलियन नागरिक ब्रेनडेन मुर्फेले एबिसी टिभीसँग भने, ‘हाम्रा धेरै नागरिकलाई खोप लगाउनु छ । हामीलाई थाहा छैन यो खोपले राम्रोसँग काम गर्छ कि गर्दैन ।’ 

विश्वका अन्य देशको तुलनामा अस्ट्रेलियाले कोरोना भाइरस महामारी निकै राम्रोसँग नियन्त्रणमा राखेको छ । अस्ट्रेलियाले कोरोना भाइरस नियन्त्रणमा लिन निश्चित क्षेत्र लकडाउन, तीव्र गतिमा परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई जोड दिएको छ । जसका कारण सोमबार अस्ट्रेलियामा एकजनामा पनि कोरोना पोजेटिभ देखिएको छैन । 

यसैबीच अस्ट्रेलियन ओपन आयोजना भइरहेको स्थान भिक्टोरियामा भने चारजना पर्यटकमा कोरोना पजिटिभ देखिएको छ । उनीहरू चारैजना टेनिस प्रतियाेगितासँग सम्बन्धित छन् । यहाँ हालसम्म नौजनामा कोरोना पजिटिभ देखिएको छ । भिक्टोरियामा जारी अस्ट्रेलियन ओपन प्रतियोगिता कडा स्वास्थ्य मापदण्डसहित आयोजना भएको छ । सहभागी हुने सबै खेलाडी, प्रशिक्षक र कर्मचारीलाई विमान चार्टर्ड गरी ल्याइएको थियो । यसपछि पनि उनीहरूलाई क्वारेन्टिनमा राखिएको थियो । अहिले ७० भन्दा बढी खेलाडी होटेलको कोठामा आइसोलेसनमा छन् भने अन्य खेलाडीलाई प्रशिक्षणका लागि छुट दिइएको छ । 

अस्ट्रेलियामा हालसम्म २२ हजार स्थानीय बासिन्दामा कोरोना पजिटिभ देखिएको छ भने कोभिडकै कारण नौ सय नौजनाको मृत्यु भएको छ । कोभिड– १९ संक्रमणबाट यहाँका सहरहरू सिड्नी, न्यु साउथ वेल्स बढी प्रभावित भएका थिए । जसका कारण यी क्षेत्रका पर्यटन क्षेत्र अझै पनि खुला गरिएको छैन । 
 

ad
ad